प्राविधिक समस्याका कारण बिजुली गएको हो, लोडसेडिङ हुँदैन : कार्यकारी निर्देशक शाक्य

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा अवरोध देखिएको बताएका छन्।

शुक्रबार प्राधिकरणको स्युचाटार कार्यालयमा पत्रकार सम्मेलन गर्दै शाक्यले हावाहुरीका कारण प्रशारण लाइनमा समस्या आउँदा विद्युत् आपूर्तिमा अवरोध आएको बताए।

उनले बिहीबार बेलुकी ढल्केवर-मुजफ्फरपुर ४०० केभी डबल सर्किट लाइनमा हावाहुरीका कारण समस्या देखिएकाले काठमाडौंलगायतका केही स्थानमा विद्युत् आपूर्ति हुन नसेकेको स्पष्ट पारे।

भारतबाट सो लाइनमार्फत नेपालमा भइरहेको विद्युत् आयातसमेत केही समय रोकिएका कारण बिजुली जाने समस्या आएकाले जनमानसमा लोडसेडिङको भ्रम सिर्जना भएको उनले बताए। प्राधिकरणले नेपालमा पुनः लोडसेडिङ सुरु हुने सम्भावना पूर्णरूपमा अस्वीकार गरेको छ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्