भारतमाथि इङल्याण्डको ५ विकेटको जित

काठमाडौँ : इङल्याण्डले भारतविरुद्धको पहिलो टेस्ट जितेको छ । ५ खेलको टेस्ट सिरिजको पहिलो खेलमा इङल्याण्ड ५ विकेटले विजयी भएको हो । 

भारतले दिएको ३७१ रनको लक्ष्य पछाएको इङल्याण्डले खेलको पाँचौं दिन ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

यसअघि भारतले आफ्नो दोस्रो इनिंगमा ३६४ रन बनाएको थियो । त्यस्तै टस हारेर पहिला ब्याटिंग गरेको भारतले आफ्नो पहिलो इनिंगमा ४७१ रन बनाएको थियो । त्यस्तै इङल्याण्डले आफ्नो पहिलो इनिंगमा ४६५ रन बनाएको थियो ।

त्यस्तै यस टेस्टमा कुल ७ शतक बने । भारतका ऋषव पन्तले दुवै इनिंगमा शतक बनाए । ऋषवले पहलो इनिंगमा १३४ र दोस्रो इनिंगमा ११८ रन बनाएका थिए । त्यस्तै भारतीय कप्तान शुभमन गिलले पहिलो इनिंगमा १४७ रन बनाए भने भारतका यशस्वी जैसवालले पहिलो इनिंगमा १०२ रन बनाए । त्यसैगरी भारतका केएल राहुलले दोस्रो इनिंगमा १३७ रन बनाए ।

त्यसैगरी इङल्याण्डका खेलाडी ओली पोपले पहिलो इनिंगमा १०६ रन बनाए भने दोस्रो इनिंगमा बेन डकेटले १४९ रन बनाएका थिए ।

यो जितपछि इङल्याण्डले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल जुलाई २ देखि बिर्मिङघममा हुदैछ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्