बंगालको खाडीमा ५.१ रिक्टर भूकम्पको धक्का

काठमाडौँ : भारतको पश्चिम बंगालमा आज  बिहान भूकम्प गएको छ। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार बिहान ६  बजेर १० मिनेटमा बंगालको खाडी केन्द्रबिन्दु भएर ५.१ रिक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो ।  

भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा थियो। क्षतिको विवरण आइसकेको छैन। 



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्