हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट अघि बढ्छ : अध्यक्ष थापा

काठमाडौं  : राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान अब नयाँ ढंगले सशक्तरुपमा अघि बढ्ने बताएका छन् । काठमाडौंको शान्तिवाटीकामा आज आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो दावी गरेका हुन् । 

अध्यक्ष कमल थापाले सबै राजसंस्था पक्षधर शक्तिहरू एक ढिक्का भएर अगाडि बढ्न अपिल गरेका छन् । व्यक्ति र पात्रलाई नहेरी एजेन्डाका आधारमा हेरेर एक ठाउँमा आउनुपर्ने उनको भनाइ छ । थापाले सबै राजावादीहरू मिलेको खण्डमा केही हप्ता वा केही महिनाभित्रैमा हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्न सकिने दाबी गरे ।

उनले भने, ‘हामी सबै एक ढिक्का भएर अगाडि बढ्ने संकल्प गरौं । केही हप्ता, केही महिनाभित्रैमा हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सकिन्छ । एक पटक सबै प्रकारका स्वार्थभन्दा माथि उठेर अगाडि बढौं । हामी एक ठाउँमा उभियौं भने गणतन्त्र पक्षधर नेताहरूले सोच्न बाध्य हुनेछन् ।’

थापाले नयाँ सन्देश दिन र नयाँ संकल्प गर्न भेला भएको बताए । ‘यो जनप्रदर्शनको माध्यमबाट केही सन्देश दिन, केही संकल्प गर्न र केही उदघोष गर्न भेला भएका छौं ।’ उनले चैत १५ गते राजावादीहरुले तीनकुनेमा आयोजना गरेको हिंसात्मक प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायतलाई रिहा गर्न थापाले माग गरे । उनले उनीहरु निर्दोष भएको जिकिर गरेका छन् ।

तीनकुनेको प्रदर्शनलाई हिंसात्मक बनाउने काम स्वयं सरकारबाट भएको आरोप उनले लगाए । ‘आज यो मञ्‍चबाट सरकारलाई प्रष्ट पार्न चाहन्छु, तपाईंहरुको योजना, तपाईंहरुको षडयन्त्र जनताले बुझिसकेका छन्,’ थापाले थपे, ‘तपाईंहरुले बुझिराख्दा हुन्छ हिन्दु राष्ट्र र पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट सशक्त ढंगले अगाडि बढ्ने छ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्