ब्राजिलमा हट एयर बेलुन दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु

काठमाडौँ : ब्राजिलमा हट एयर बेलुन दुर्घटनामा कम्तिमा आठ जनाको मृत्यु भएको छ । सामाजिक सञ्जालमा जानकारी दिँदै, सान्ता क्याटरिनाका गभर्नर जोर्गिनो मेलोले शनिबार बिहान भएको दुर्घटनामा हट एयर बेलुन भित्र २२ जना रहेको र ८ जनाको मृत्यु भएको जानकारी दिएका छन् । 

मेलोले राहत तथा उद्धार टोली घटनास्थलमा पुगेको र बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको बताएका छन् । उनले भने, 'दुई जनालाई उद्धार गरिएको छ भने बाँकीको खोजी जारी छ । यो दुर्घटनाबाट सबै स्तब्ध छन् ।'

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्