इरानमाथि अमेरिकी आक्रमणलाई 'गम्भीर चासो' का साथ हेरिरहेका छौं : जापानी प्रधानमन्त्री

काठमाडौँ : जापानी प्रधानमन्त्री शिगेरु इसिबाले इरानको आणविक केन्द्रमा अमेरिकी आक्रमणलाई 'गम्भीर चासो" का साथ हेरिरहेको प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्री इशिबाले यस अवस्थालाई जापानले ‘गम्भीर चासो’का साथ हेरिरहेको बताउदै इरानको आणविक कार्यक्रम बन्द गर्नुपर्ने बताएका छन् । उनले दुई देशबीच बढ्दो तनावको बारेमा उनले तनाव कम गर्नु ुसबैभन्दा महत्त्वपूर्णु भएको बताए ।
अमेरिकाले आइतबार बिहान इरानका फोर्डो, नातान्ज र इस्फहानमा रहेको इरानको आणविक स्थलहरूमा आक्रमण गरेको थियो ।
यो आक्रमणपछि इरान र इजरायलबीच द्वन्द्व थप फैलिने खतरा रहेकोमा विश्वभर चिन्ता व्यक्त गरिएको छ ।