आणविक स्थलको निरीक्षण गर्न इरानमा युद्धविरामको माग

काठमाडौँ : अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले इरानमा युद्ध विरामको माग गरेका छन् । एजेन्सीका प्रमुख राफेल ग्रोसीले इरानको आणविक स्थलहरूको निरीक्षण गर्न इरानमा युद्धविरामको लागि अपील गरेका छन् ।

उनले भनेका छन्, 'जमिनी वास्तविकता स्थापना गर्नु कुनै पनि सम्झौताको लागि आवश्यक शर्त हो र यो उर्जा एजेन्सीको अनुसन्धान मार्फत मात्र सम्भव छ । आवश्यक सुरक्षा र सुरक्षा अवस्था कायम राख्न शत्रुता अन्त्य गर्नु आवश्यक छ,  ताकि एजेन्सीको टिम इरानको अवस्थाको मूल्याङ्कन गर्न ती ठाउँहरूमा जान सकून् ।'

यसअघि, अमेरिकाले आइतबार इरानका तीन आणविक स्थलहरूमा आक्रमण गरेपछि अहिले विश्वको ध्यान इरानका आणविक स्थलहरुको अवस्था कस्तो छ भन्ने रहेको छ । विभिन् स्याटलाइट तस्बीरहरुले अमेरिकी आक्रमणबाट पुगेको क्षतिको अनुमान गरिएको भएपनि वास्तविक रुपमा अमेरिकाको आक्रमणले कति क्षति पुगेको छ भन्ने स्पष्ट जानकारी अहिलेसम्म बाहिर आएको छैन  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्