तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं: सुनको मूल्य आज तोलामा १४ सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला १९ सय ६० रुपैयाँ कायम रहेको थियो ।