प्रदिप भट्टराईको नयाँ गीत “उमेर ढल्केको“ सार्वजनिक

काठमाडौं : नेपाली संगीत उद्योगका लोकप्रिय संगीतकर्मी  प्रदिप भट्टराईले आफ्नो नयाँ गीत “उमेर ढल्केको“को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । 

सार्वजनिक नयाँ गीतमा नेपाल आइडल सिजन २ का विजेता रवि ओडले स्वर दिएका छन् । रवि ओडले आफ्नो सुमधुर स्वर र फरक पहिचानले नेपाली संगीतमा छोटो समयमा नै अपार सफलता हासिल गरेका छन् । उनी लोकगीतदेखि आधुनिक पपसम्म सबै विधाका गीतहरूमा जमेका छन् । “उमेर ढल्केको“ मा उनले आफ्नो भावनात्मक प्रस्तुति मार्फत गीतलाई अझ बढी सजीव तुल्याएका छन् । गीतको भिडियोमा रबीको आवाज संगै उनको अभिनय, कलाकार जय किशन बस्नेत र बिना राउत तथा संगीतकार भट्टराई स्वयम् लगायत कलाकारको रमाइलो अभिनय रहेको छ ।

गीतको भिडियो नेपाल आइडलका सिजन २ का विजेता रवि ओडको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्