बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं : बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहमा काठमाडौं महानगरपालिका-१४ बस्ने ४३ वर्षीय सुनिल दवाडी र सिन्धुली दुधौली नगरपालिका-७ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-३ बस्ने ३८ वर्षीय सुरेन्द्र घिमिरे रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई ललितपुर, ललितपुर -५ भनिमण्डलबाट र सुरेन्द्रलाई काठमाडौं -२६ सामाखुसीबाट पक्राउ गरेको हो । 

पक्राउ मध्ये सुनिललाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी र सुरेन्द्रलाई प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्