राधा पोखरेल नेपाल बीमा प्राधिकरणको सञ्चालकमा नियुक्त

कृष्णानन्द भट्ट, काठमाण्डौ ।
नेपाल बीमा प्राधिकरणको महिला संचालकमा राधा पोखरेललाई नियुक्त गरिएको छ। सरकारले नेपाल पुँजीबजार लगानीकर्ता संघको अध्यक्ष रहेकी पोखरेललाई प्राधिकरणको सञ्चालकको जिम्मेवारी दिएको हो।
बीमा ऐन २०७९ बमोजिम एक जना महिला सञ्चालक अनिवार्य हुनु पर्ने व्यवस्थाको कारण प्राधिकरणको सञ्चालकमा पोखरेल नियुक्त गरेको हो ।
पोखरेल विशाल बजार कम्पनी लिमिटेडको पनि महिला सञ्चालक हुन्। चैत १ गतेदेखि लागू हुने गरी पोखरेललाई आगामी चार वर्षको लागि प्राधिकरणको सञ्चालक पदमामा पदस्थापन गरेको गरेको हो।