भरूवा बन्दुक सहित एक जना पक्राउ

काठमाडौं : डोटीको शिखर नगरपालिका-७ उजेली गाँउ बस्ने ३८ वर्षीय मान बहादुर कुँवरलाई भरूवा बन्दुक १ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मान बहादुरको घरमा अवैध हतियार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तिलतालीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।