प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौँ : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो । मन्त्रीपरिषद्को नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१ औं आइजिपी बनेका हुन्  । 

नेपाल प्रहरीको आइजीपी लागि थापासँगै एआइजी सुदीप गिरी र टेकबहादुर तामाङको दावी थियो । थापा, गिरी र तामाङ एकै ब्याचमा भर्ना भए पनि थापा एआइजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका थिए।

२६ फागुन २०७९ मा एआइजीमा सिफारिस भएका थापालाई ६ चैत २०७९ को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो। थापा एआइजी भएको दुई सातापछि गिरी र तामाङ एआइजीमा बढुवा भएका थिए। 


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्