संघीय संसदका विभिन्न ६ समितिको बैठक

काठमाडौँ : आज संघीय संसदका ६ समितिको बैठक बस्दैछ । आज प्रतिनिधिसभाका अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ । त्यस्तै आज राष्ट्रियसभा अन्तर्गतका विधायन व्यवस्थापन समिति, सरज्निक नीति तथा प्रत्यायोजित विधायन समिति र सघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
बिहान ११ बजे बस्ने अर्थसमितिको बैठकमा आर्थिक विधेयक मार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिबृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदन उपर छलफल गर्ने तथा आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरुका सम्बन्धमा समसमायिक छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ ।
यसैगरि, विहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा एवम् प्रतिवेदनको मस्यौदा उपर छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ ।
यस्तै, विहान ११: १५ बजे बस्ने सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बागमती प्रदेशस्थित दोलखा लगायतका क्षेत्रहरुमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी अपराहन्न १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरी अपराहन्न १ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगती बारे छलफल हुने कार्यसूची रहेको छ ।