राष्ट्रिय पञ्चायतकी सदस्य नानीमैयाँ दाहालको निधन

फाइल - तस्वीर

कृष्णानन्द भट्ट 

काठमाडौं : राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैयाँ दाहालको आज निधन भएको छ । दाहालको ९१ वर्षको उमेरमा उपचारका क्रममा सोमबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

२०३८ सालको राष्ट्रिय पञ्चायतमा उल्लेख्य बहुमतसहित प्रवेश गरेर दाहाल चर्चित भएकी थिइन्  । दाहाल पञ्चायतका शासक प्रशासकसँग पनि निडर रही नराम्रा काममा सार्वजनिक टिप्पणी गर्ने निर्भिक नेताका रुपमा चिनिएकी थिइन् ।

दाहालले २०२९ सालमा जोरपाटी गाउँपञ्चायतको उपप्रधानपञ्च भएर काम गरेकी थिइन्। त्यतिखेर उनले  नुन र तेलका लागि लाइन बस्नुपर्ने परिपाटी हटाएकी थिइन् । साथै भूमि सुधारमा रहेको जटिलता फुकाएको जस पनि उनलाई जाने गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्