तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ : संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको तीनै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । 

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सिमेन्ट लगायतका निर्माण सामाग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल हुने समितिले जनाएको छ । जुन बैठक बिहान ११स्०० बजे बोलाएको छ। 

यसगरि दिउँसो १ बजेबाट सुरू हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्‍ट्रिय निकुञ्‍जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको समाधानको सम्बन्धमा प्राप्त सुझावहरुमाथि  छलफल हुनेछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्