आवासीय चिकित्सकले ४८ हजार ७३७ निर्वाह भत्ता पाउने

काठमाडौँ : निजी मेडिकल कलेजका सञ्चालकहरु आवासीय चिकित्सकले ४८ हजार ७३७ निर्वाह भत्ता पाउने भएका छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १९ औं बैठकले निजी मेडिकल कलेजका आवासीय चिकित्सक ४८ हजार ७३७ निर्वाह भत्ता पाउने निर्णय गरेको हो । उक्त बैठकलले आवासीय चिकित्सक आन्दोलन फिर्ता गरी आफ्नो काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ ।

आयोगको माघ २५ गते बसेको १६ औं बैठकले निजी मेडिकल कलेजले सरकारी सरह पिजीका आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७३७ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो ।

बैठकले निजी मेडिकल कलेजको मागलाई ध्यानमा राखेर स्नातक एमबिबिएस र बिडिएसको सिट सङ्ख्या र शुल्क संरचना पुनरावलोकनका लागि गठित ११ सदस्यीय कार्यदलले सुझावसहितको प्रतिवदन स्वीकार गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीसमक्ष कार्यदलका संयोजक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा। दीपक काफ्लेले प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

प्रतिवेदनले चिकित्सा शिक्षा ऐन, २०७५ को व्यवस्थाबमोजिम प्राविधिक समिति गठन गरी स्तर र मापदण्ड निर्धारणका अधारमा सिट सङ्ख्या र शुल्क पुनरावलोकनका लागि बाटो खुलेको छ। सोका लागि ऐनबमोजिम आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका प्रा डा सुजनबाबुु मरहट्टाको संयोजकत्वमा प्राविधिक समिति गठन भएको ।




यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्