कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २:०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने जानकारी दिए ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने उनले बताए ।